काठमाडौं,२७ भदौं– एप्पल कम्पनीले मंगलवार आइफोन ८ सार्वजनिक गर्दैछ । अमेरिकाको क्यालिफोर्नियामा हुने कार्यक्रममा कम्पनीले आइफोन ८ सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसअघि आइफोन ७ मा प्रयोगकर्ताहरुको थुप्रै गुनासो आएपछि कम्पनीले त्ससमा सुधार्दै आइफोन ८ बजारमा ल्याउन लागेको हो । एप्पल कम्पनीले आइफोन ८ लगायत अन्य तीनथरी मोबाइलको भर्सन समेत सार्वजनिक गरिने बताइएको छ ।