०४ असार २०८३, बिहीबार

नेपालमा पहिलो पटक टेक्सटाइल एक्सपो

कात्तिक २०, २०७४
नेपालमा पहिलो पटक टेक्सटाइल एक्सपो
काठमाडौं, २७ भदौ – नेपाल धागो उत्पादक संघले नेपालमा पहिलो पटक नेपाल यार्न एण्ड टेक्सटाइल एक्सपो २०१७ संचालन गर्ने भएको छ । २०७४ भाद्र ३० देखि आश्विन ३ गते सम्म भृकुटि मण्डप काडमाण्डौंमा आयोजना गर्न लागेको संघले जनाएको छ ।

नेपालमा उत्पादित धागोबाट तयार गरिएको उच्चस्तरीय सामाग्रीहरु जस्तै कपडा, होजियरी, सर्टिङ,÷सुटिङ, निटिङ्ग आदि वस्तुहरुलाई एउटै छानामुनी समेटेर त्यसको प्रचार प्रसार एवं विक्री वितरण गर्ने तथा स्वदेशमा रहेको विभिन्न कपडा, होजियरी र निटिङ्ग उद्योगहरुको लागि आवश्यक पर्ने सम्पुर्ण ग्रे तथा रंगिन धागोहरुको जानकारी दिने उद्देश्यका साथ उक्त मेलाको आयोजना गर्न लागेको कुरा संघले जानकारी गराएको छ भने आधुनिक प्रविधीका मेशीनरीहरु समेत प्रदर्शनिमा राखिएको हुंदा उद्योगिहरुलाई नयां प्रविधी तथा मेशिनरीहरुको जानकारीको थप अवसर प्राप्त हुनेछ । उक्त मेला हुनेछ ।

नेपाल धागो उत्पादक संघको स्थापना वि.सं २०५३ सालमा भएको र हाल संचालनमा रहेका उद्योगहरुमा रिलायन्स स्पिनिङ्ग, त्रिवेणी स्पिनिङ्ग, जय स्पिनिङ्ग तथा जगदम्बा स्पिनिङ्ग प्रमुख रहेका छन् । उक्त संघमा आवद्ध विभिन्न उद्योगहरुले हाल पोलिष्टर, भिस्कोस, सुति, एक्रेलिक, मिलान्ज, टेक्सराइज्ड र व्लेण्डेड रंगिन तथा सादा गरि हाल वार्षिक रुपमा करिब ४०,००० मेट्रिक टन धागोहरु उत्पादन गर्दै आइरहेको छ । कम्पनीका अनुसार उत्पादनको ८० प्रतिशत निर्यात हुन्छ भने २० प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । विगत देखि भारतमा निर्यात गर्दै आएकोमा, ६÷७ वर्षदेखि तेश्रो मुलुकमा समेत निर्यात भइरहेको छ र वार्षिक रुपले निर्यात दरमा वृद्धि समेत भईरहेको कुरा धागो संघले जानकारी गराएको छ ।

स्वदेशमा कपडा उद्योगको विकास तीन दशक अगाडि देखि भएता पनि यसको विकासको लागि दुइ दशक अगाडिबाट धागो उद्योगको स्थापना तथा विकास भएको हो । नेपालमा उत्पादित ठूला तथा साना उद्योगहरुबाट हाल कपडा, सर्टिङ÷सुटिङ होजियरी, स्वेयटर, झुल आदि विभिन्न प्रकारको कपडा उत्पादनमा प्रयोग हुने धागोहरु उत्पादन भइरहेका छन् । यी धागो तथा कपडा उद्योगहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा करीब ५०,००० जनाको लागि रोजगारीको अवसर सृजना गरीरहेका छन् भने ३० प्रतिशत महिलाको संख्या रहेको छ । यिनै धागो उद्योगहरु तथा यससँग सम्बन्धित अन्य उद्योगको प्रवद्र्धन एवं विकासको लागि नेपाल धागो उत्पादक संघले निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्