१७ असार २०८३, बुधबार

भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

असार २९, २०८०
तनहुँ
भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भानुजयन्तीका अवसरमा शुक्रवार बिदा दिइएको छ ।

भानु जयन्तीको अवसरमा आज प्रभातफेरि, प्रवचन, पुरस्कार वितरण लगायतका कार्यक्रम आयोजना गरिएको छ । भानु नगरपालिका–४ चुँदीरम्घामा विक्रम संवत् १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतीराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्