
सशस्त्र प्रहरी बल नेपालले १६१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
सशस्त्रले आर्थिक वर्ष २०८०/०८१ का लागि गुल्म तथा स्कूलको कमाण्डको सरुवा गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।
संगठनले अख्तियार गरेको सरुवा पूर्वानुमान सूचीअनुसार शतप्रतिशत सरुवा गरिएको जनाइएको छ ।
विगतमा सीमा ईलाकामा धेरै बसिसकेका डीएसपीहरूलाई सीमा बाहेकका युनिटमा सरुवा गरिएको प्रवक्ता खड्काले बताए ।