
आज (शुक्रवार) देशभरका १६ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहासहित तनहुँ, स्याङ्जा, पाल्पा, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) कैलाली, कन्चनपुर र डडेल्धुरा आसपासका नदीहरूमा बहाव बढ्ने सम्भावना छ । यीमध्ये केहीमा आकस्मिक बाढीको जोखिम रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै ईलाम, पाँचथर, उदयपुर, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, गोरखा, लमजुङ, म्याग्दी, गुल्मी, प्युठान, रोल्पा, सल्यान, बाँके, बर्दिया, कालिकोट, अछाम, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
भोलि (शनिवार) तिनाउ नदी र यसका सहायक तथा आसपास भई बहने साना नदीहरूको बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ । आगामी ३ दिन देशका प्रमुख नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ ।
असार २९
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 14, 2023
आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तह भन्दा तलै बढ्दो हुने,
भोलि तिनाउ नदी र यसका सहायक तथा सो आसपास भइ बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने तथा केहीमा सतर्कता आसपास पुग्न सक्ने , आज नक्सामा उल्लेखित जिल्ला भईबहने केहि स-साना नदीमा #आकस्मिकबाढी को जोखिम pic.twitter.com/1Sw8GdQ0o2