०१ असार २०८३, सोमबार

उपचारको क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

असार २९, २०८०
बुटवल
उपचारको क्रममा बालकको मृत्यु भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त

​उपचारको क्रममा बालकको मृत्यु भएपछि  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिनदेखि तनावग्रस्त छ ।

बुधवार बेलुका प्रतिष्ठानमा उपचारका लागि गएका घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तले अस्पतालको लापरवाहीले बालकको मृत्यु अस्पताल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

बालकको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्ष बन्द भएको छ । डिस्चार्ज भएर घर फर्किन लागेका बिरामी भित्र बस्न बाध्य भएका छन् ।

अस्पताल भित्रको फार्मेसी बन्द छ । मृतकका आफन्तले नाराबाजी गर्दै अस्पताल घेराउ गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले बताए । 

null

छारे रोग लागेका बालकलाई उपचारका लागि प्रतिष्ठानमा अर्धचेत अवस्थामा ल्याइएको अस्पतालले जनाएको छ । थप चेक जाँचका लागि उनलाई बिहीवार एमआरआई कक्षमा लगिएको थियो ।

सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले बुधवार दिउँसो मृत घोषणा गरेका थिए ।

आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरबाही भएको बताएका छन ।

प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको बताए ।

null

salt training

कमेन्ट गर्नुहोस्