३२ असार २०८३, बिहीबार

लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

असार २९, २०८०
काठमाडौं
लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
फाइल फोटो

सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणमा भएको प्रयासबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् । 

सांसदहरूको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजारौं पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांसदहरूको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गरे । सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्