
संघीय संसद्बाट पारित भएका बजेटसम्बन्धी विधेयकहरू सभामुख देवराज घिमिरेले प्रमाणीकरण गरेर राष्ट्रपतिकोमा पठाएका छन् ।
संघीय संसद्को दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक शुक्रवार प्रमाणित गरेका हुन् ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेर पारित भएका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेर राष्ट्रपतिकोमा पठाइएको हो ।
संघीय संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने संवैधानिक प्रावधान छ ।
सरकारले जेठ १५ गते संसद्मा पेश गरेको बजेट राष्ट्रपतिले प्रमाणीकरण गरेपछि साउन १ देखि कार्यान्वयनमा जानेछ ।