
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।
एमाले मुख्यालय च्यासलमा भएको भेटवार्तामा लूले नेपालको संसद्ले एमसीसी पास गरेकोमा धन्यवाद दिँदै एमसीसीलाई छिट्टै अगाडि बढाउने बताए ।
आजै काठमाडौंका आएका लूले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

