१६ असार २०८३, मंगलबार

परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन मन्त्री साउद थाइल्याण्ड जाँदै

असार ३१, २०८०
काठमाडौं
परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन मन्त्री साउद थाइल्याण्ड जाँदै

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमवार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलवार स्वदेश फर्किने छन् । 

salt training

कमेन्ट गर्नुहोस्