नागरिक लगानी कोषले सहभागीहरूलाई नियमित ब्याजमा अत्तिरिक्त १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।
कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिसअनुसार उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरूलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो ।
यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो ।
यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सात वटा बचत कार्यक्रमहरू मध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीहरूलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए ।
अन्य ६ वटा कोषहरूमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने तयारी रहेको कोषले जनाएको छ ।