०१ साउन २०८३, शुक्रबार

प्रहरी लेखापालको कार्यअवधि फेरि ६ वर्षमा झर्यो, १ वर्ष पनि टिकेन धिरजप्रताप सिंहको निर्णय

असार ३१, २०८०
काठमाडौं
प्रहरी लेखापालको कार्यअवधि फेरि ६ वर्षमा झर्यो, १ वर्ष पनि टिकेन धिरजप्रताप सिंहको निर्णय
फाइल फोटो

नेपाल प्रहरीका लेखापालहरूको कार्यअवधि ६ वर्ष भएको छ ।

प्रहरी प्रधानकार्यालयमा आज बसेको पीसीसीको बैठकले लेखापालहरूको कार्यअवधि ८ वर्षबाट घटाएर ६ वर्षमा झारिएको केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।

‘आजको बैठकले लेखापालको कार्यअवधि ६ वर्ष बनाएको छ । अब गृहमन्त्रालयबाट पनि सहमति लिनुपर्ने हुन्छ’ कडायतले लोकान्तरसँग भने ।

अघिल्ला आईजीपी धिरजप्रताप सिंहको पालामा ६ वर्षबाट ८ वर्ष बनाइएको थियो । त्यसका लागि अघिल्लो वर्ष लेखापालको सरुवा रोकिएको थियो ।

आजको पीसीसी बैठकले १० प्रहरीलाई विशेष बढुवा दिने निर्णय गरेको छ । प्रहरी एक वर्षमा विशेष योगदान दिएका प्रहरी जवानदेखि सईसम्मका कर्मचारीले विशेष बढुवा पाउने नियमावलीमा व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्