स्याङ्जा, २८ भदौ- स्याङ्जाको गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन् । गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन् ।

मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ ।अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ, राजधानी दैनिकमा खबर छ ।