१० असार २०८३, बुधबार

सुदूरपश्चिमका तीन जिल्ला आसपास भई बहने नदीमा बहाब बढ्ने, कहाँ-कहाँ सतर्कता अपनाउने ?

साउन २, २०८०
काठमाडौं
सुदूरपश्चिमका तीन जिल्ला आसपास भई बहने नदीमा बहाब बढ्ने, कहाँ-कहाँ सतर्कता अपनाउने ?
फाइल तस्बिर

आज (मंगलवार) डोटी, डडेलधुरा र अछाम आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता आवश्यक छ । 

साथै आज दोलखा, सिन्धुपाल्चोक रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । 
 

salt training

कमेन्ट गर्नुहोस्