१० असार २०८३, बुधबार

दुबई जान लागेका लेबनानी नागरिक १० हजार डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

साउन २, २०८०
काठमाडौं
दुबई जान लागेका लेबनानी नागरिक १० हजार डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ
फाइल फोटो

१० हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेको अवस्थामा पक्राउ गरेको हो ।

काठमाडौंबाट नेपाल एयरलाइन्समार्फत दुबई जान लागेका उनलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।

आवश्यक अनुसन्धान एवं कारवाहीको लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्