
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक केही ढिला हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक नेपाली कांग्रेसकाे फेसबुक पेजबाट लाइभ गरिनेछ ।
‘सभापतिज्यू आउँदै हुनुहुन्छ, अब केही बेरमा बैठक शुरु हुन्छ’ उनले भने, हामीले बैठक पनि फेसबुकमार्फत लाइभ गर्ने तयारी गरेका छौं ।’
बैठकका प्रस्तावमा समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेश, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षा रहेका छन् ।