२५ असार २०८३, बिहीबार

कांग्रेसमा २१ सय उजुरी, ८७ जनामाथि कारवाही

साउन २, २०८०
काठमाडौं
कांग्रेसमा २१ सय उजुरी, ८७ जनामाथि कारवाही

नेपाली कांग्रेसमा गत निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध अन्तर्घात गरिएको भन्दै २१ सय उजुरी परेका छन् । केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको जानकारी केन्द्रीय समितिको बैठकमा गराएका हुन् ।

२१ सय उजुरी परे पनि सबैको छानबिन नसकिएको उनले बताए । विधान अनुसार केहीलाई छानबिन गरी कारवाहीको प्रक्रिया अघि बढाएको पनि उनले बताए ।

पार्टीको रेकर्डबाटै नाम हटाउने गरी ८७ जनालाई कारवाही गरिएको ढुंगानाले जानकारी दिए । निर्वाचनका क्रममा पार्टीका उम्मेदवारलाई सहयोग गनेर्न, हराउन भूमिका खेल्नेमाथि कारवाही गरिएको उनले प्रष्ट्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्