०८ साउन २०८३, शुक्रबार

राहुल गान्धीको पुनरावेदनमा शुक्रवार सुनुवाइ हुने

साउन २, २०८०
काठमाडौं
राहुल गान्धीको पुनरावेदनमा शुक्रवार सुनुवाइ हुने
फाइल फोटो

गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । 

मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेको टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठहर्‍याएका थिए । 

सुरत अदालतको निर्णयसँगै नेता गान्धीको लोकसभा सांसद पद खारेज भएको थियो । आफूले चुनावी सभामा मोदी थरलाई लिएर गरेको टिप्पणीको अपव्याख्या भएको उल्लेख गर्दै तल्ला अदालतले गरेका निर्णयलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उनका वकिलहरूका अनुसार उक्त अदालतले आगामी शुक्रवार सुनुवाइ गर्ने जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्