१० असार २०८३, बुधबार

महिला फुटबल टीमको समर्थनका लागि युनिलिभर नेपाल र एन्फाबीच सम्झौता

साउन २, २०८०
काठमाडौं
महिला फुटबल टीमको समर्थनका लागि युनिलिभर नेपाल र एन्फाबीच सम्झौता

व्यक्तिगत हेरचाहका सामग्री उत्पादन गर्ने प्रतिष्ठित कम्पनी युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सम्झौता भएको छ । युनिलिभरले आफ्नो ब्राण्डहरूका साथ एन्फासँग साझेदारीमा नेपाली राष्ट्रिय महिला फुटबल टीमको आधिकारिक प्रायोजन गर्नेछ ।

युनिलिभरले नेपालभरि महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड जनाएको छ ।

विभिन्न क्षेत्रहरूमा नेपाली महिलाहरूको योगदान बढ्दै गइरहेको वर्तमान परिप्रेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरूमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तीकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरूको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्‍याउन खोजेको छ ।

यस प्रायोजनमार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवर्द्धनका लागि काम गर्नेछ । साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पुर्‍याउने एवं आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्‍याउने लक्ष्य लिएको छ ।

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजना एवं सन्देशहरूमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तीकरणमा बलियो अडान लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्