×

NMB BANK
NIC ASIA

विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ

काठमाडाैं | साउन २, २०८०

NTC
Premier Steels

उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

Muktinath Bank

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ) को विश्व तापमान वृद्धिमामिला वरिष्ठ सल्लाहकार जोन नायरनले जेनेभामा पत्रकारहरूसँग भने, “यी घटनाहरू तीव्रतामा बढ्दै जानेछन् र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्न आवश्यक छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण  ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका एक हजार २०० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन् । 

Vianet communication

नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन् ।

बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसङ्ख्या भएका देशहरूमा जनसाङ्ख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो ।
नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासी गमी बढ्ने क्रम छ गुणाले बढेको छ ।

“यो प्रवृत्ति घट्ने कुनै सङ्केत देखिएको छैन,” उनले भने ।

गत हप्ता डब्लुएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले संयुक्त राज्य अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो । 

युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा ४८ डिग्री सेल्सियस (११८ डिग्री फरेनहाइट) को उच्च तापक्रम हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x