२५ जेठ २०८३, सोमबार

कांग्रेस केन्द्रीय समिति बैठकः प्रतिवेदनहरुमाथि आजदेखि छलफल

साउन ३, २०८०
काठमाडौं
कांग्रेस केन्द्रीय समिति बैठकः प्रतिवेदनहरुमाथि आजदेखि छलफल

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार पनि बस्दैछ । बैठकको पहिलो दिन मंगलबार महामन्त्री विश्वप्रकाश शर्माले १० वुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना तथा कार्यतालिका महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका थिए । 

यस्तै बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे जानकारी गराएका थिए । 

यस्तै नेता गोपालमान श्रेष्ठले  केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने आनन्द ढुंगानाले  केन्द्रीय अनुशासन समितिको प्रतिवेदन पेश गरेका थिए ।  यसैगरी नेता रमेश लेखकले  संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

उक्त प्रतिवेदनमाथि बुधबार बिहान पार्टी कार्यालयमा ११ बजेदेखि सुरु हुने बैठकमा छलफल सुरु गरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्