२४ जेठ २०८३, आइतबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङ कावा दलको नेता

साउन ३, २०८०
काठमाडौं
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई, नेम्वाङ कावा दलको नेता
फाइल तस्बिर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् ।

पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई दिएर उनी कम्बोडिया गएका हुन् । त्यस्तै उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिएका छन् ।

कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि ओली गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । ओलीको भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्