०१ असार २०८३, सोमबार

जनताको अवस्था बदल्न सरकार  प्रतिवद्ध छः प्रधानमन्त्री

साउन ३, २०८०
काठमाडौं
जनताको अवस्था बदल्न सरकार  प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् । बुधवार ६१औं इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार जनताको पक्षमा काम गर्न प्रतिवद्ध रहेको बताएका हुन् । 

सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता साथ अघि बढाइरहेको उनले बताए । त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार सरकारले काम गरिरहेको बताए । 

प्रधानमन्त्री दाहालले सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्