२६ जेठ २०८३, मंगलबार

कांग्रेस बैठक लाइभ भएपछि जनतामा यथार्थ कुरा गयोः महत

साउन ३, २०८०
काठमाडौं
कांग्रेस बैठक लाइभ भएपछि जनतामा यथार्थ कुरा गयोः महत

अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी केन्द्रीय समितिको बैठक लाइभ हुनुले जनतामा यथार्थ कुरा गएको बताएका छन् । बुधवार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महतले पार्टी सभापति शेरबहादुर देउवाले बैठकको लाइभ गरेर जनतालाई यथार्थ कुरा बुझाएको बताए ।

उनले विगतमा भित्र एउटा र बाहिर अर्को कुरा हुने अवस्था समेत रहेपनि लाइभका कारण सो कार्य रोकिएको बताए । उनले लाइभ आइसकेपछि नेताहरुले पनि जिम्मेवारीपूर्वक आफ्ना धारणा राखिरहेको बताए । 

महतले पार्टी बलियो बनाए मात्रै पार्टीका व्यक्तिहरु बलियो हुनेकुरा केन्द्रिय समितिको बैठमा बहस भएको र यसले पार्टीलाई सुदृढ पार्ने बताए । 

 पार्टी नेता बालकृष्ण खाँणको मुद्दाका बारेमा उनले काँग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले कसैले गरेका कमी कमजोरी विधिबाट समाधान हुनुपर्ने बताए । 

उनले भने, ‘लाइभले राम्रो गरेको छ । नत्र भित्र एउटा कुरा भएको छ, बाहिर अर्को कुरा बोल्दा पार्टी अफ्ठ्यारोमा पर्ने गर्दथ्यो । यो लाइभले गर्दा यो भ्रम बाहिर पर्ने कुराको अन्त्य गरेको छ । सबैकुरा पारदर्शी हुन्छ, जिम्मेवारीपूर्वक बोल्ने काम भएको छ । भित्र एउटा हुन्थे, बाहिर यस्तो भयो भन्थे, अब त सबैकुरा आउने भयो, कसैले भ्रम पार्ने भएनन् ।’ 

यस्तै नेता रामहरि खतिवडाले काँग्रेसमा महिलाको क्रियाशील सदस्य ३३ प्रतिशत नै पु¥याउनुपर्ने बताए ।  दलितको १४ प्रतिशत रहेको र त्यही अनुसार सबैको प्रतिनिधित्व गराउनुपर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्