०७ असार २०८३, आइतबार
अवैध सुन बरामद

त्रिभुवन विमानस्थलबाट पास भइसकेपछि सुन बरामद, हरिहर भवनमा ल्याएर जोखिँदै

साउन ३, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थलबाट पास भइसकेपछि सुन बरामद, हरिहर भवनमा ल्याएर जोखिँदै
फाइल तस्बिर

हङकङबाट ल्याइएको ठूलो परिणामको अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट पास भइसकेपछि बरामद भएको खुलेको छ । 

विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बुधबार उक्त सुन बरामद गरेको हो । विभाग स्रोतले सुन गाडीमा लोड गरेर गन्तव्यतिर लैजाने क्रममा विमानस्थलबाट बाहिरिने गेट नजिकबाट बरामद भएको बताएको छ । 

उक्त सुन करिब १ क्लिन्टलको हाराहारीमा रहेको बताइएपनि हालसम्म एकिङ परिणाम भने आइसकेको छैन । अहिले विभागको कार्यालय हरिहर भवनमा ल्याएर सुन जोख्ने काम भइरहेको स्रोतले बतायो । 
क्याथे प्यासिफिकको उडानमार्फत उक्त सुन नेपाल भित्रिएको बताइएको छ । 

कमेन्ट गर्नुहोस्