१० असार २०८३, बुधबार

क्युबामा अमेरिकी कूटनीतिज्ञहरूमाथि ध्वनि आक्रमण, उनीहरू बहिरा हुँदै

कात्तिक २०, २०७४
क्युबामा अमेरिकी कूटनीतिज्ञहरूमाथि ध्वनि आक्रमण, उनीहरू बहिरा हुँदै

काठमाडौं, २८ भदौ — अमेरिका र क्युबाबीच बल्लबल्ल सुध्रेको सम्बन्ध फेरि बिग्रने अवस्थामा पुगेको देखिन्छ ।


क्युबामा भएका अमेरिकी अधिकारीहरूले दाबी गरेअनुसार उनीहरूमाथि गोप्य रूपमा जैविक आक्रमण गरिएको छ ।

यो आक्रमणबाट २१ जना कूटनीतिज्ञहरूमा कान नसुन्ने समस्या आएको अमेरिकाको दाबी छ ।

अमेरिकाको विदेश सेवा संगठनको कुरा पत्याउने हो भने सन् २०१६ को अन्त्यतिरबाट यस्तो आक्रमण हुन थालेको हो । आक्रमणका कारण दिमाग सुन्निने, टाउको चर्को गरी दुख्ने, असन्तुलन र बुझ्ने क्षमता गुमाउने लगायतका लक्षण देखिन्छन् ।

अमेरिकी अनुसन्धानकर्ताहरूका अनुसार कूटनीतिज्ञहरूमाथि गोप्य ध्वनि आक्रमण भइरहेको छ । उनीहरूलाई अत्याधुनिक हतियारबाट निशाना बनाइरहिएको छ ।

यस्तो हतियारबाट कुनै आवाज निस्कँदैन तर त्यसले नजिकका मानिसको श्रवणशक्तिमा खराब असर गर्छ । यस्ता हतियार अमेरिकी कूटनीतिज्ञहरूको निवासवरिपरि राखिएको बताइन्छ ।

गत वर्ष तत्कालीन ओबामा प्रशासनले अमेरिका र क्युबाबीचको कूटनीतिक सम्बन्ध पुनर्बहाल गरेका थिए । त्यसपछि अधिकारीहरूलाई क्युबा पठाइएको थियो ।

विगत एक वर्षमा यस्ता आक्रमणको संख्या बढेको अमेरिकाले बताएपनि सिधै क्युबामाथि दोष चाहिँ लगाएको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्