११ असार २०८३, बिहीबार

काठमाडौंको मुलपानीबाट १३ जुवाडे पक्राउ, २ बुक तास र १ लाख रुपैयाँ बरामद

साउन ४, २०८०
काठमाडौं
काठमाडौंको मुलपानीबाट १३ जुवाडे पक्राउ, २ बुक तास र १ लाख रुपैयाँ बरामद
फाइल फोटो

काठमाडौंको कागेश्वरी मनोहराबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका १ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने २५ वर्षीय सिरबहादुर कार्कीसहित १३ जना रहेका छन् । 

कार्कीले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बुधवार राति पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १ लाख रूपैयाँ नगद र २ बुक तास पनि बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्