×

NMB BANK
NIC ASIA

वीरगञ्जका व्यापारी भन्छन् – चुनावपछि आश र त्रास दुवै रहनेछ

कात्तिक २०, २०७४

NTC
Premier Steels

विरगञ्ज, २८ भदौ – प्रदेश नम्बर दुईको विरगञ्ज महानगरपालिकामा व्यापारीहरुले स्थानीय निर्वाचनसँगै आफूहरूलाई आश र त्रास बढेको बताएका छन् ।

उनीहरुले स्थानीय निर्वाचन पछि व्यापार व्यवसायमा सहयोग पुग्ने गरी जनताका प्रतिनिधिले काम गर्छन् कि भनेर आश व्यक्त गरेका छन् । चुनाव सकिएपछि पनि व्यापारिक वातावरण बन्दै न कि भन्नेमा चाहिँ व्यापारीहरु सशंकित रहेका छन् ।

लामो समयसम्म भारतीय नाकाबन्दी, बन्द, हड्ताल लगायतका समस्या भोगेका विरगञ्जका व्यापारीहरुले चुनाव सकिएसँगै पूर्ण रुपमा व्यापारिक वातावरण बन्नुपर्ने बताए ।

व्यापारीहरुले जुन सकै दलको उम्मेदवार मेयर र उपमेयर बनेर आएपनि व्यापारीका समस्या समाधानका लागि जाँगर देखाओस् भन्ने अपेक्षा गरेका छन् ।

विरगञ्ज बजारमा पसल सञ्चालन गरेर बसेका उपेन्द्र चौबीले स्थानीय निर्वाचनसँगै व्यापारका लागि शान्तिपूर्ण वातावरण हुनुपर्ने बताए । उनले व्यापार बुझेको मान्छे महानगरको नेतृत्वमा आओस भन्ने अपेक्षा समेत प्रकट गरे ।

विरगञ्ज महानगर भएपनि ढलको राम्रो निकास नभएकोले व्यापारीहरुले ढल बनाइदिने मेयर पनि खोजेका छन् । बर्खामा बाहिरको पानी सिधै पसलमा पस्ने समस्याले प्रताडित भएका उनीहरुले डलको निकास खोजेका छन् ।

विरगञ्जको आदर्श नगरमा आइटी पसल सञ्चालन गरेर बसेका ३४ वर्षीय अजय जैसवालले ढल, धुवाँ र फोहोर व्यवस्थापन गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने बताए ।

व्यापारीहरुले करको दायर घटाउन सहयोग गर्ने मेयर पनि खोजेका छन् । हरेक वर्ष करको दायरा बढ्दै गएपछि विरगञ्जको बजार सुकेको व्यापारी सञ्जय सौनी बताउँछन् । उनले करको दायराले गर्दा नेपालको व्यापार घटेको तर भारतको व्यापार चाहिँ बढेको बताए ।

‘अहिले विरगञ्जको व्यापार घढेको छ, विरगञ्जका स्थानीय सिमा पार गरेरै व्यापार गर्छन्,’ उनले भने, ‘त्यसैले केन्द्र सरकारसँग करका विषयमा समन्वय गर्ने मेयर चाहिएको छ ।’ समग्रमा व्यापारीहरुले शान्तिपुर्ण वातवरणमा बसेर व्यापार गर्ने अवस्था खोजेका छन् ।

कतिपय व्यापारीहरुले चाहिँ नेताहरुसँग खासै अपेक्षा नभएको बताउँछन् । चुनावका बेलामा आर्थिक सहयोग नगर्ने व्यापारीलाई धम्कीपूर्ण व्यवहार गरिएको उनीहरु बताउँछन् । ‘चुनावको बेलामा सहयोग नदिए पछि हेर्लास् भनेर समेत थर्काए,’ एक जना व्यापारीले भने, ‘यस्ता नेताहरूसँग के अपेक्षा गर्नु, जो आएपनि फरक पर्ला जस्तो छैन ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x