२५ जेठ २०८३, सोमबार

यी हुन् गत आर्थिक वर्षमा सबैभन्दा कम व्यापार गर्ने ५ नेपाली फिल्म

साउन ५, २०८०
काठमाडौं
यी हुन् गत आर्थिक वर्षमा सबैभन्दा कम व्यापार गर्ने ५ नेपाली फिल्म

गत आर्थिक वर्ष २०७९/८० मा रिलिज भएका ५७ नेपाली फिल्ममध्ये ‘छक्का पञ्जा ४’ले सबैभन्दा धेरै कमाइ गरेको छ । 

चलचित्र विकास बोर्डले बिहीवार सार्वजनिक गरेको बक्स अफिस कलेक्सन रिपोर्टमा ‘छक्का पञ्जा ४’ले १७ करोड ५२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको उल्लेख छ । 

त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ सर्वाधिक कमाई गर्ने नेपाली फिल्ममा दोस्रो स्थानमा छ । ‘प्रेमगीत ३’ (नेपाली भर्सन) ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ । 

चौथो स्थानमा रहेको ‘महापुरुष’ले ७ करोड ३८ लाख र पाँचौ स्थानमा रहेको ‘दुई नम्बरी’ले ३ करोड ३८ लाख ग्रस कलेक्सन गरेको विवरणमा उल्लेख छ । 

थोरै कमाउने फिल्ममा भने ‘शिवानी’ परेको छ । यो फिल्मको ५ वटामात्र टिकट बिक्री हुँदा ५ सय २० रूपैयाँ मात्र ग्रस कलेक्सन भएको छ । थोरै कमाउने दोस्रो नम्बरमा ‘चोर पुलिस’ फिल्म परेको छ । यो फिल्मले १८ हजार ७ सय २५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । 

त्यस्तै थोरै कमाउने तेस्रो नम्बरमा परेको ‘सरी मम’ले २३ हजार, चौथो नम्बरमा परेको ‘आधि तुफान २’ले २८ हजार र पाँचौं नम्बरमा परेको ‘ए साथी सुन’ले ६० हजार रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यी पाँच नेपाली फिल्महरूले नेपालभरका हलबाट १ लाख रूपैयाँ पनि कमाइ गर्न नसकेका हुन् । 

विदेशी फिल्मतर्फ ‘पठान’ १३ करोड रूपैयाँ ग्रससहित सर्वाधिक कमाउनेमा पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड रूपैयाँ ग्रस कमाइसहित तेस्रो स्थानमा छ । 

गत आर्थिक वर्षमा नेपालमा ७८ वटा विदेशी फिल्म प्रदर्शनमा आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्