०५ असार २०८३, शुक्रबार

सरोज र करिश्माको फिल्म ‘बगान’ले कति कमायो ?

साउन ५, २०८०
काठमाडौं
सरोज र करिश्माको फिल्म ‘बगान’ले कति कमायो ?

नेपाली फिल्म ‘बगान’ शुक्रवारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । 

अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको यो फिल्मले हलमा औसत व्यापार गरिरहेको छ । फिल्मले २२ लाख ७१ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको विवरण सार्वजनिक भएको छ । 

चलचित्र विकास बोर्डले बिहीवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० मा रिलिज भएका फिल्मको बक्स अफिस कलेक्सन रिपोर्टमा ‘बगान’ले उक्त कमाइ गरेको उल्लेख छ । 

एकल आमा र उनले हुर्काएकी छोरीको कथामा निर्माण भएको यो फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ । 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्