२४ जेठ २०८३, आइतबार

भारत र पाकिस्तानसँग भिड्नुअघि 'हाई पफर्मेन्स क्याम्प'मा नेपाली राष्ट्रिय क्रिकेट टीम

साउन ५, २०८०
काठमाडौं
भारत र पाकिस्तानसँग भिड्नुअघि 'हाई पफर्मेन्स क्याम्प'मा नेपाली राष्ट्रिय क्रिकेट टीम

एसिया कपको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टीमले विशेष 'हाई-पफर्मेन्स क्याम्प' शुरू गरेको छ । 

एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका पुगेको टोलीले त्यही १५ दिने हाई-पफर्मेन्स क्याम्प शुरू गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्याम्पका दौरान श्रीलंकाका डेभलपमेन्ट टीमहरूसँग नेपालले ४ वटा अभ्यास खेल पनि खेल्ने क्यानले फेसबूकमार्फत जनाएको छ ।

अभ्यासका लागि स्तरीय टीम उपलब्ध गराउने वाचा गरेको भन्दै क्यानले श्रीलंका क्रिकेट बोर्डलाई धन्यवाद समेत दिएको छ । 

एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म श्रीलंका र पाकिस्तानमा हुनेछ । 

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्