२९ जेठ २०८३, शुक्रबार

७३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

साउन ५, २०८०
बुटवल
७३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ
फाइल फोटो

दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उप–महानगरपालिका १५ का पुष्कर रोका र सल्यानको कुमाख गाउँपालिका ७ का रेशम विक रहेका छन् । उनीहरू दुवै जनालाई इलाका प्रहरी कार्यालय र बसपार्क चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लका अनुसार उनीहरूले पार्किङ गरेर राखेको ना ४ ख ७८४८ नम्बरको बसमा ७३ वर्षीया वृद्धालाई बलात्कार गरेका हुन् ।  

गाडी स्टाफबाटै उपचारका लागि आएकी प्युठानकी महिला बलात्कृत भएकी प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र वृद्धालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्