३१ जेठ २०८३, आइतबार

जङ्गली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना सिकिस्त बिरामी

साउन ५, २०८०
बैतडी
जङ्गली च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना सिकिस्त बिरामी
फाइल फोटो

जङ्गली च्याउ खाँदा बैतडीमा पाँच जना सिकिस्त बिरामी भएका छन् ।

बिरामी पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा दश वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र ७ वर्षीया छोरी शारदा रहेका छन् । 

स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्यचौकी लगिएकामा  त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्