२४ जेठ २०८३, आइतबार

प्रकाश सपूतले सार्वजनिक गरे ‘दमाई महाराज’

साउन ५, २०८०
काठमाडौं
प्रकाश सपूतले सार्वजनिक गरे ‘दमाई महाराज’

गायक प्रकाश सपूतले ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार बेलुका सार्वजनिक यो गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । थुप्रै कलाकारहरूले समूहमा स्वर दिएका छन् । 

‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भागका रुपमा प्रकाशले यो गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘सकम्बरी’पछिको अफिसियल गीत हो । प्रकाशकै शब्द, संगीत रहेको गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन् । 

भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरीलगायतको अभिनय छ । गाउँमा आयोजित धार्मिक सप्ताहको परिवेशमा प्रकाशले भिडियोको कथा उनेका छन् । भिडियोले जातीय विभेदविरुद्ध सन्देश दिन्छ । प्रकाशले ‘गलबन्दी’को कथासँग यसको भिडियोको कथा जोडेका छन् ।

प्रकाश स्वयंमले यसको भिडियोको निर्देशन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी, मानकृष्ण महर्जन र दिनेश पराजुलीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । 

‘गलबन्दी’ र ‘बोलमाया’ प्रकाशको करिअरका निकै चर्चित गीतहरू हुन् । गायिका शान्तिश्री र मोडल अञ्जलीको करिअरका लागि पनि ति गीतहरू उत्तिकै महत्वपूर्ण मानिन्छन् । 

‘दमाई महाराज’ गीतको भिडियोले विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने विश्वास प्रकाशले लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्