२९ जेठ २०८३, शुक्रबार

गृहमन्त्रीलाई भेटेर गणेश बस्नेतले भने – गलत स्रोतका कारण तपाईंको प्रतिष्ठामा असर परेकोमा दुःखी छु

साउन ६, २०८०
काठमाडौं
गृहमन्त्रीलाई भेटेर गणेश बस्नेतले भने – गलत स्रोतका कारण तपाईंको प्रतिष्ठामा असर परेकोमा दुःखी छु

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतबीच भेटवार्ता भएको छ।

अध्यक्ष बस्नेतले सुन प्रकरणमा दिएको अभिव्यक्तिविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेपछि उनी मन्त्री श्रेष्ठलाई भेट्न पुगेका हुन् ।

गृहमन्त्रीलाई भेटेर उनले गलत स्रोतका कारण मन्त्री श्रेष्ठको प्रतिष्ठामा असर परेकोमा दुःख व्यक्त गरेका छन् । ‘मेरो समाचार स्रोत गलत परेछ, त्यो कारणले तपाईंको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु’ उनले भनेका छन्, ‘आफू भ्रष्टाचारीविरुद्ध कुनै सम्झौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एव्यवद्धता जनाइयो ।’

 

salt training

कमेन्ट गर्नुहोस्