०१ असार २०८३, सोमबार

कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउन १ अर्ब पुगेन

साउन ७, २०८०
काठमाडौं
कक्षा ६ का विद्यार्थीलाई दिवा खाजा खुवाउन १ अर्ब पुगेन

सरकारले  सामुदायिक  विद्यालयका विद्यार्थीलाई  खुवाइरहेको  दिवा  खाजाका  लागि  रकम अपुग भएको छ । 

बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ । तर अर्थ मन्त्रालयले रकम कक्षा ५ सम्मका  विद्यार्थीलाई  मात्रै  खाजा  खान  पुग्ने  गरी  छुट्याएकाले यस्तो अवस्था आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दिवा खाजाका लागि आठ अर्ब ४५ करोड रुपियाँ छुट्याएको छ । मन्त्रालयको नीति तथा कार्यव्रmम शाखाका उपसचिव घनश्याम अर्यालका अनुसार सोही रकम स्थानीय तहमा पठाइएको छ । तर यो रकमले कक्षा ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा  खान  पुग्छ  ।  

कक्षा  ६  का  विद्यार्थीलाई  पनि  खाजा  खुवाउने  हो  भने  थप  एक  अर्ब  रुपियाँ चाहिन्छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्