०७ असार २०८३, आइतबार

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

साउन ७, २०८०
बुटवल
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाका अनुसार बम्रेलको शनिवार साँझ आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मुझुङ्ग र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान अधिकृतसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी बम्रेलको शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाएको प्रहरी निरीक्षक थापाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्