२३ असार २०८३, मंगलबार

वन मन्त्रालयका ८ सहसचिवको सरुवा, विभागको महानिर्देशकमा अनुगमन शाखा प्रमुख वाग्ले

साउन ७, २०८०
काठमाडौं
वन मन्त्रालयका ८ सहसचिवको सरुवा, विभागको महानिर्देशकमा अनुगमन शाखा प्रमुख वाग्ले

वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीवार सहसचिवहरू सरुवा गरेको जनाएको छ ।

वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख शिवकुमार वाग्लेलाई सरुवा गरिएको छ । उक्त विभागका महानिर्देशक देवेशमणि त्रिपाठीले उमेरहदका कारण अनिवार्य अवकाशमा लिएपछि महानिर्देशक पद रिक्त थियो । सो विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीलाई रेड कार्यान्वयन केन्द्रको प्रमुखमा सरुवा गरिएको छ ।

यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा राष्ट्रिपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा. सिन्धुप्रसाद ढुङ्गानालाई सरुवा गरिएको छ ।

निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई चुरे उत्थानशील आयोजनाको प्रमुखमा सरुवा गरिएको छ भने चुरे उत्थानशील आयोजनाका प्रमुख बद्रीराज ढुंङ्गानालाई मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका मेघनाथ काफ्लेलाई राष्ट्रिपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सदस्य–सचिवमा सरुवा गरिएको छ भने रेड कार्यान्वयन केन्द्रका प्रमुख डा. रामचन्द्र कँडेललाई मन्त्रालयमा सरुवा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्