११ असार २०८३, बिहीबार

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता युआनबीच भेटवार्ता

साउन ७, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता युआनबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसे जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए  ।

युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुगेका हुन् ।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । 

परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट «मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्