०९ असार २०८३, मंगलबार

हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान

साउन ७, २०८०
तनहुँ
हल गोरु पाल्ने कृषकलाई १० लाख अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । 

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि कृषकलाई प्रोत्साहनका लागि रकम वितरण गरिएको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहन स्वरुप रु १० लाख वितरण गरेको छ । गाउँपालिकाले हल गोरु पोषण अनुदानवापत सबै वडाका दुई सय ५० कृषकलाई जनही रु चार हजारका दरले प्रोत्साहन रकम वितरण गरेको हो । प्रोत्साहन रकम पाएपछि लम्पी रोगबाट प्रभावित भएका पशुहरुको संरक्षणमा सहयोग पुग्ने भन्दै कृषक खुसी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्