काठमाडौंँ, २९ भदौ - निर्वाचन आयोगले तेस्रो चरणमा प्रदेश नं. २ का आठ जिल्ला हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने मतदाताहरूलाई भदौ ३० देखि असोज १ सम्म तीन दिन मतदाता परिचय वितरण गर्ने भएको छ । असोज २ गते हुने निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाताले मताधिकारको प्रयोग गर्दैछन् ।
.jpg?1505352245284)
आयोगका प्रवक्ता नवराज ढकालले आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत सङ्ख्या घटाउन मतदातालाई सही तवरले मत सङ्केत कसरी गर्ने भन्ने विषयमा ज्ञान दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
आयोगले हरेक मतदान केन्द्रमा मतदाताले आफ्नो परिचयपत्र लिन आउँदा निर्वाचन आयोगले खटाएका कर्मचारीहरूले मतदातालाई मत सङ्केत कसरी सही तरिकाले गर्ने भन्ने सम्बन्धमा सिकाउने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ, गोरखापत्रमा खबर छ ।