०२ साउन २०८३, शनिबार

चीनको एक विद्यालयमा जिम हलको छत खस्दा महिला भलिबल टीमका ११ सदस्यको मृत्यु

साउन ८, २०८०
काठमाडौं
चीनको एक विद्यालयमा जिम हलको छत खस्दा महिला भलिबल टीमका ११ सदस्यको मृत्यु

उत्तरपूर्वी चीनस्थित हेइलोङजियाङप्रान्तको एक विद्यालयमा जिम हलको छत खस्दा ११ जनाको मृत्यु भएको छ ।

किशोरीहरूको भलिबल टीमका सदस्यहरूले व्यायाम गरिरहेका बेला सोमवार छत खसेको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शी तथा स्थानीय मिडियाहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार दुर्घटनाको समयमा उक्त हलभित्र १९ जना थिए । ८ जना भने बाँच्न सफल भएका छन् ।

दुर्घटनापश्चत स्थानीय अस्पतालमा अभिभावकहरूको भीड लागेको छ ।

दुर्घटनास्थलमा उद्धारको काम जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्