१५ असार २०८३, सोमबार

राजधानीमै विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी, २ जना पक्राउ

साउन ८, २०८०
काठमाडौं
राजधानीमै विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खोलेर ठगी, २ जना पक्राउ

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को नक्कली कार्यालय खोलेर ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले बुढानिलकण्ठमा विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका–९ का ४० वर्षीय लिलाबहादुर भ्लोनलाई आज सार्वजनिक गरेको छ ।

उनीहरूले विश्व खाद्य कार्यक्रमको नक्कली लेटर प्याड लगायतका कागजात प्रयोग गरेर बोलपत्र अह्वान गरेका थिए । उनीहरूले जेठ १ गते बुढानिलकण्ठमा कार्यालय खोलेका थिए ।

null

उनीहरूले त्यहाँबाट दैनिक पत्रिकामा विज्ञापन निकालेर विभिन्न सामग्रीहरू किन्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले जेठ ६ गते विभिन्न सामग्रीका लागि ६ करोडको बोलपत्र आह्वान गरेको पाइएको प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

उनीहरूले स्कार्पियो ६ लाख १२ हजार ५ सयमा लिएको, १ लाख ८० हजार रुपैयाँ भाडा दिने भनेर घर भाडा लिएको, बोल पत्र आह्वान गरेर ४८ लाखको डेस्कटप, कम्प्युटर, ल्यापटप लगायतका सामानहरू ८ लाख ३६ हजार ९ सयमा खरिद गरेका थिए ।

त्यस्तै कार्यालय स्थापनाका लागि आवश्यक पर्ने कार्पेट पर्दा कुर्सी, केवल, दराज लगायतका सामानहरू १५ लाख ६० हजार ३०४ रुपैयाँ, युनिफर्म र खाद्यान्न खरिदका लागि बोलपत्र आह्वान गरेर ११ लाख २७ हजार ९५० रुपैयाँ कार भाडामा लिएर उनीहरूलाई पैसा नदिएर ठगि गरेको एसएसपी कार्कीले पत्रकार  सम्मेलनमा जानकारी दिए ।

त्यति मात्र होइन उनीहरूले विभिन्न जिल्लामा पूर्व सीडीओ, पूर्व आईजीपी र पूर्वउसपचिव भन्दै ठगी गरेको समेत उजुरी परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्