२६ जेठ २०८३, मंगलबार

अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासङ्घको माग

साउन ८, २०८०
काठमाडौं
अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन गर्न महासङ्घको माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अभिभावकमार्फत व्यवस्थापन समिति अध्यक्ष चयन हुने व्यवस्था गर्न माग गरेको छ ।

 महासङ्घले आज काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै वडा अध्यक्ष नै स्वतः व्यवस्थापन समिति अध्यक्ष हुने प्रावधान खारेज गर्न पनि माग गरेको हो । महासङ्घका अध्यक्ष गुणराज मुक्तानले महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललाई ज्ञापनपत्र बुझाए ।

 काठमाडौँ महानगरको विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णयको विरोध जनाउँदै महासङ्घले ज्ञापनपत्र बुझाएको उनले उल्लेख गरे । उक्त ज्ञापनपत्र बुझ्दै उपप्रमुख डङ्गोलले महासङ्घले उठाएको विषयमा छलफल गर्ने वचन दिएको अध्यक्ष मुक्तानले बताए ।

     काठमाडौँ महानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरूको वर्तमान व्यवस्थापन समिति विघटन गरी वडा अध्यक्षहरूको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने हालै काठमाडौँ महानगरले निर्णय गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्