मंसिर २९, २०८०
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
विराटनगर | साउन ९, २०८०
विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ ।
अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् ।
अझै १० वटा विद्यालयले विवरण नबुझाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बताए ।
विराटनगर महानगरको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतवारको बैठकले सोमवार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरूमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । ‘सोमवार ५ बजेसम्ममा १० वटाभन्दा कम विद्यालयले मात्रै विवरण पठाएका थिए,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘मेलमा पठाइदिए भने पनि त्यो पनि समावेश हुन्छ ।’ उनले केही विद्यालय बन्द भएका पनि हुनसक्ने बताए ।
‘शिक्षा ऐन हेर्यो भने महानगर केही होइन भन्ने खालको छ । छात्रवृत्तिमा केही उजुरी आयो भने हेर्ने भनेको छ । आज मैले कानूनी सल्लाकारहरूसँग पनि बुझेको छु । अन्यत्र जस्तो हावादारी कुरा सुनेर हामीले पनि त्यही निर्णय गर्नु हुँदैन । अहिले नै कारबाही गरिहाल्नेमा हामी छैनौं । निजी विद्यालयले अटेर गर्ने विषय चित बुझ्दो नभएको हो । सबैजसो विद्यालयले विवरण पठाएका छन् । केही बन्द पनि भएका होलान् तर विवरण नपठाउनेलाई अहिले नै कारबाही गरिहाल्नुपर्छ भन्ने पक्षमा महानगर छैन,’ उनले भने ।
निजी विद्यालयले दिने विवरण बनिबनाउ भएको उनले बताए । उनले भने, ‘उनीहरूले एउटा फोटोकपी गरेर दिँदा सकिइहाल्थ्यो । उनीहरूले जति दिएका छन्, त्यतिमै हामीलाई भइहाल्थ्यो । अरू ल्याऊ भनेको थिएन । जति छ, त्यही ल्याउनु भनेको हो ।’
निजी विद्यालयको विषयलाई लिएर मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत पराजुलीबीच मत जुधेको छ । मेयर कोइरालाले विवरण नबुझाउने विद्यालयलाई पहिला जरिवाना तोक्ने र त्यो पनि अटेर गरे खारेज गर्नेसम्मका कदम चाल्ने बताएका छन् ।
शिक्षा समितिका संयोजक समेत रहेका मेयर कोइरालाको अध्यक्षतामा आइतवार बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि १२ कक्षासम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । महानगरमा ८९ वटा विद्यालय छन् ।
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...