३१ जेठ २०८३, आइतबार

नेपालबाट एक रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १० रुपैयाँको आयात

साउन ९, २०८०
काठमाडौं
नेपालबाट एक रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा १० रुपैयाँको आयात

नेपालबाट एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँ बराबरको वस्तु आयात हुने पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९÷८० भरको तथ्याङ्क अनुसार आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो । 

त्यसअघिको आवको तुलनामा आयातसँग निर्यातको अनुपात झन् फराकिलो बनेको हो अर्थात् २०७८÷७९ मा एक रुपियाँको वस्तु निर्यात हुँदा नौ रुपैयाँ ६० पैसाको वस्तु आयात भएको देखिन्छ । आयातको तुलनामा निर्यातको हिस्सा घट्दा गत आवमा आयातसँगको अनुपात बढेको तथ्याङ्कले देखाएको खबर गोरखापत्रले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्