×

NMB BANK
NIC ASIA

सधैं सताइरहने दब्ल्लाङको पहिरो, १८ वटा वडावासीलाई सदरमुकाम पुग्न सकस

बाग्लुङ | साउन ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बर्खाको समय छ । सामान्य पानी पर्नासाथ बागलुङ बजारसँग बागलुङको दक्षिण भेगको आवतजावत छुट्टिन्छ । 

Muktinath Bank

निरन्तर झरिरहने दब्ल्लाङको पहिरोले बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई सडक सञ्जालसँग सम्बन्ध विच्छेद गराउँदै आएको छ । तीन वर्षदेखि निरन्तर गइरहेको पहिरोको विकल्प नहुँदा यात्रुहरू यतिबेला जोखिम मोलेर सो सडकमा यात्रा गर्न बाध्य छन् । 
    
दक्षिण भेगमा पर्ने बागलुङ नगरपालिका–१२, १३ र १४ वडा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने मुख्य सडकमा दैनिकजसो पहिरो खसेपछि अहिले उक्त पहिरो समाधानका लागि निरन्तर पहल भने भइरहेको छ । तर पहिरोको विकल्पमा सडक निर्माण नहुँदा सोही पहिरोमा निरन्तर डोजर चलाउँदा झनै पहिरो गइरहेको छ । जसले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरमा समेत क्षति पुर्‍याएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ ।  विगत तीन वर्षदेखि बर्सेनि बर्खाको सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ । 


Advertisment
Nabil box
Kumari

पूर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिरोको अध्ययनपश्चात् पहिरो नियन्त्रणका लागि विस्तृत अध्ययन प्रतिवेदन डीपीआरसमेत तयार गरिसकेको छ । 

Vianet communication
Laxmi Bank

प्रतिवेदनअनुसार यस पहिरोको अल्पकालीन र दीर्घकालीन दुवै उपायहरू निकाल्न खोजिएको पहिरोको समस्याका विषयमा निरन्तर पहलकदमी गरिरहका गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीको भनाइ छ ।

तत्कालका लागि पहिरोबाट सकड अवरुद्ध हुन नदिनका लागि माथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पुर्‍याउन सके पहिरो झर्ने समस्या आधा कम गर्न सकिने अध्ययन टोलीका इन्जिनियर उमेशचन्द्र भुसालले जानकारी दिए । उनका अनुसारअहिले पहिरोको पानी तर्काउने काम भइरहेको छ । पहिरो माथिबाट निस्केको पानी पाइपलाइन र नाली निर्माण गरी तर्काउन सकेमा पहिरोको समस्या आधा कम भएर जाने अध्ययन टोलीको निष्कर्ष छ । 

भुसालका अनुसार तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लास्टिक बिछ्याएर पानीलाई नजिकैको न्वारे खोलामा पुर्‍याएमा पहिरो बग्नबाट रोक्न सकिन्छ ।

भूगर्भविद्हरूको अध्ययन टोलीले गरेको प्रतिवेदनअनुसार पहिरोको झन्डै १३ देखि २० मिटर तलमात्र चट्टान रहेको हुँदा दीर्घकालीन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ । 

एक सय मिटर लामो पहिरोले गण्डकी प्रदेशमै चर्चा छ । विज्ञहरूले पहिरोको स्थलगत अवलोकन गरी यसको जियोफिजकल (एमआरआई) गरी प्रतिवेदन तयार पारेको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख इन्जिनियर गणेश सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार दक्षिण भेगको टाउको दुखाइको विषय रहेको दब्ल्लाङको पहिरोको विभिन्न तरिकाले दीर्घकालीन समाधान गर्न सकिने छ । 

“पहिरोको भित्री भागमा पानी छैन, माथिबाट आएको पानीलाई तर्काउन सकेमा ५० प्रतिशत पहिरोको समस्या हट्छ, हामीले त्यही काम गर्न थालेका छौं”, सुवेदीले भने, “पहिरोको भित्री सतहभित्र कडा चट्टानसमेत अध्ययनका क्रममा देखिन्छ, अहिलेको उपाय भनेकै पानी तर्काउनु हो, अर्को वर्षदेखि पहिरो नियन्त्रणको दीर्घकालीन काम हुन्छ ।”

पहिरोको दीर्घकालीन रुपमै समस्या समाधनका लागि विज्ञले गरेको अध्ययन तथा अवलोकनअनुसार रु पाँच करोड ४८ लाख खर्च लाग्ने छ । आगामी वर्षमा प्रदेश, सङ्घ र स्थनीय सरकार मिलेर विज्ञको सल्लाहअनुसार दीर्घकालीन पहिरो व्यवस्थापनका लागि बजेट विनियोजन गरिने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । 

पहिरोको वास्तविक समस्याको अध्ययनका निम्ति त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पूर्वाधार विकास कार्यालय बागलुङमार्फत पहिरो क्षेत्रमै पठाएर अध्ययनपश्चात यस्तो निष्कर्ष निकालिएको हो । उक्त विज्ञ टोलीले कृष्णभिरको पहिरोको समस्या समाधानका गरेका बताइएको छ ।   

दक्षिण बागलुङका १८ वटा वडाका सर्वसाधारणलाई सदरमुकाम आउनका निम्ति यस पहिरो सधैंका लागि बाधक बनेको हुँदा यसको दीर्घकालीन उपायको खोजीबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा लगिने बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । 

पहिरोले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालीगण्डकी करिडोर र कालीगण्डकी नदी किनार हुँदै गएको भाटेखोला जाने वैकल्पिक सडक पनि एकै साथ अवरोध गर्दै आएको छ । एउटा पहिरोले चार स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ नै सडक सञ्जालसँग टुट्ने गरेकाले पहिरोको दीर्घकालीन उपाय अपनाउन थालिएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x