११ साउन २०८३, सोमबार

सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश

कात्तिक २०, २०७४
सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल प्रवेश
काठमाडौं, २९ भदौ– मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट खेल अन्तर्गत समूह चरणमा नेपाले सवै खेलमा जित हात पारेको छ ।

बिहीवार नेपालले वलियो प्रतिस्पर्धी सिंगापुरलाई ७ विकेटले हराउँदै समूह विजेता बनेको छ । समूह विजेता भएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिला व्याटिङ गरेको सिंगापुर ६७ रनमा समेटिन पुगेको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सरार्फले सर्वाधिक ६ विकेट लिए ।

६८ रनको लक्ष पछ्याएको नेपालले १३ ओभरमा ४ बल खेल्दै तीन विकेट गुमाएर जीत हात पारेको हो ।

नेपाललाई जिताउने क्रममा सन्दिप सुनारले २०, अनिल कुमर साहले १८ तथा महमद अशिफ शेखले ६ रन जोडे । सुमित महर्जन र सन्दिप जोरा क्रमश १० र ७ रनमा नटआउट रहे ।

salt training

कमेन्ट गर्नुहोस्