
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बुधवार पनि बस्दैछ ।
बैठक बुधवार अपराह्न ४ बजे बस्नेछ । बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले धारणा राखिसकेपनि सभापति शेरबहादुर देउवाले बोल्न बाँकी छ ।
बैठकअघि सभापति देउवाले केन्द्रीय समिति बैठकबाट गरिने निर्णयबारे पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।
सभापति देउवाको सम्बोधन र निर्णयसँगै बैठक आज सकिने जनाइएको छ ।