२४ जेठ २०८३, आइतबार

जितुले यसपटक युट्युबमा गाईजात्रा प्रस्तुति ल्याउने

साउन १०, २०८०
काठमाडौं
जितुले यसपटक युट्युबमा गाईजात्रा प्रस्तुति ल्याउने
फाइल तस्वीर

हास्य अभिनेता जितु नेपालले गाईजात्रा विशेष प्रस्तुति युट्युबमा सार्वजनिक गर्ने भएका छन् । यस वर्षको  गाईजात्रा आउन एक महिना बढी समय हुँदा उनले आफूले प्रस्तुति लिएर आउने तयारी गरेको जानकारी दिएका हुन् ।

करिब एक हप्तासम्म आफ्ना प्रस्तुतिहरू दर्शकले हेर्न पाउने जितुले बताएका छन् । 

आफूहरूले पहिले पहिले ‘तिते जिरे मेरीबास्सै’ गाईजात्रा कार्यक्रम १२/१५ वर्ष नियमित रूपमा प्रज्ञा भवन कमलादीमा गर्ने गरेको स्मरण गर्दै दर्शकहरू ले पनि अन्त्यन्तै  साथ दिएको फेसबुकमा उल्लेख गरेका छन् । तर पछिल्लो समय कोरोना र अन्य कारणले गर्दा गाईजात्रा कार्यक्रम आयोजना गर्न नसकिरहेको उनले बताएका छन् । 

‘जहिले गाईजात्रा आउँदा पनि यो कुरा मिस भइरहन्छ । त्यसैले यसपालि चाहिँ मेरा केही प्रस्तुतिहरू लिएर आउने जमर्को गरेको छु’ जितुले भनेका छन् ‘जुन प्रस्तुतिहरू रङ्गमञ्चमा नभएर मेरो युट्युब जितु कमेडीमा आउनेछन् । करिब एक हप्तासम्म मेरा विभिन्न प्रस्तुतिहरू हेर्न सक्नुहुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्